खोलामा डुबेर एक युवकको मृत्यु

काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा एकजनाको डुबेर मृत्यु भएको छ । राप्ती नगरपालिकामा रहेको चेत्राङ खोलामा माछा मार्ने क्रममा शनिबार एक जना युवकको मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भइ राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । गुरुङ खोलामा बेहोस अवस्थामा भेटिएका थिए भने उनलाई उपचारका लागी चितवन मेडिकल कलेज लगिएको थियो ।
उपचारको क्रममा उनको शनिबार साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।