कुटपिटका कारण सातमहिने शिशुको मृत्यु

काठमाण्डौ । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् भने उनको गर्भमा रहेको सात महिने शिशुको मृत्यु भएको छ । रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट उनकी २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ भने घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचार गर्ने क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले ती महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै उनका श्रीमान कुले विकलाई भने इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ । यस घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *