कोरोना संक्रमणबाट विराटनगरमा थप एक मृत्यु

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । फोक्सोको तथा थाइरोइडको समस्या रहेको ती बिरामीको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो ।

ती महिलालाई पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनलाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको आइतबार बिहान मृत्यु भएको हो भने अहिले उनको शवलाई नियमअनुसार व्यवस्थापन भइरहेको सापकोटाले बताएका छन् । केहि दिन यता नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या निकै बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *