कोरोना भ्याक्सिन : रसियापछि बेलायतले पनि पायाे सफलता !

काठमाण्डौ । रसियाले कोरोना भाइरस विरुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चा बिच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा तथा प्रभावकारिता परीक्षण पार गरेको छ भने बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश समेत दिएको छ ।

न्यूयोर्क स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू तथा अस्पतालहरूले गरेको यस खोपको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ भने खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोधि क्षमतमा पहिलेको भन्दा सुधार आएको जनाइएको छ । फाइजरले निर्माणको प्रयास गरिरहेको यस खोपको नाम बीएनटी १६२ बी १ राखिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै परिक्षण गर्दा कुनै खतरनाक साइड इफेक्टहरू देखा नपरेपनि केहीलाई भने सामान्यतया टाउको दुख्ने र थकान महसुस भएको बताइएको छ । यसका साथै बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोपले पनि मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *