चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण

काठमाण्डौ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति ४ सय ७४ जनाको नमुना परीक्षण गराउंदा स्वास्थ्यकर्मी सहित कुल २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २१ जना भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको स्वाबमा गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो ।

२६ देखि ५३ वर्ष उमेर समूहका पुरुष तथा २२ देखि ३९ वर्ष उमेर समूहका महिलामा संक्रमण देखिएको । यस्तैगरि चितवनको रत्ननगरका चार जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो जसमध्य २५, ३२ र ३६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् भने ३५ वर्षकी महिला रहेकी छिन् । साथै क्वारेन्टिनमा रहेका चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *