रूसद्वारा उत्पादित भ्याक्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क

काठमाण्डौ । रुसले उत्पादन सुरु गरेको कोरोना विरुद्धको खोपबारे एकातिर धेरैले आशंका व्यक्त गरिरहेका छन् भने अर्को तर्फ रुस भने यसमा विश्वस्त पार्न खोजिरहेको छ । मंगलबार रुसका राष्ट्रपती भ्लादिमीर पुटिनले उक्त भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन रहेको दाबी गरेका छन्  यसकाे नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ ।

सर्वत्र यस भ्याक्सिनको चर्चा चलिरहँदा एक रुसी अधिकारीले यो भ्याक्सिनको असर थोरैमा पनि दुई वर्षसम्म रहने बताएका छन् । रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गा’मेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले यो भ्याक्सिन एक पटक लिएपछि २ वर्षसम्म काेराेना भाइरसबाट ढुक्क हुन सकिने उनले बताएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भ्याक्सिनको प्रभावकारिता तथा सुरक्षामा प्रश्न उठिरहे पनि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले समेत उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *