बिहानै उठेर पूजाआजा गर्नुहोस् , हुन्छ यति लाभ :

काठमाण्डौ । भनिन्छ बिहानले दिनको संकेत देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । दिनभरको काम शुभ बनाउन बिहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख गरिएको छ ।

बिहानै उठेर मन्दिरमा पूजा गर्नाले मनलाई पनि शान्ती प्राप्त हुने मान्यता रहेको छ । हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्ने गर्दछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै बिहान उठ्नासाथ नुहाई धुवाई गरेपछि दिनहुँ तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रहेको छ । यसले घरमा रहेको तुलसीको  रेख देख हुन्छ भने दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *