एउटी सर्पले १६ जनालाई टोकेपछि…

काठमाण्डौ । महोत्तरीको भङ्गहा  नगरपालिका–५ राजपुरमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेको छ । केवल पाँच घण्टाको अन्तरालमा कुल १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी अहिले निकै त्रसित भएका छन् ।

यहि बिहिबार धानखेतमा काम गरिरहेको समयमा ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो भने शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले गाउँभरि निकै त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सबैको अवस्था अहिले सामान्य भएको नगरप्रमुख साहले बताएका छन् । सात मुस्लिम महिला तथा एक सरदार पुरुषको सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको भने स्थानीयस्तरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *