वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको यहि शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार ती पुरुष गत साउन २४ गते कोरोना अस्पताल भर्ना भएका थिए । उनको ७ दिनदेखि कोरोना अस्पतालमा उपचार चलिरहेको थियो भने शुक्रबार साझं उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *