फलामको ढोकाले किच्दा बालिकाको मृत्यु :

काठमाण्डौ । बिर्तामोड नगरपालिका–१ मा रहेको देवी पञ्चकन्या प्लटिङमा बन्दै गरेको निर्मला चौहानको घरको ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दै गरेको घरका छिमेकी अर्थात् सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निर्माणाधीन घरका लागी ल्याइएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लहिएको थियो भने उपचारकै क्रममा एन्जलको मृत्यु भएको घोषणा गरिएको हो । एलुनको भने अहिले उपचार चलिरहेको प्रवक्ता थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *