नेपाल कोरिया मैत्री अस्पतालका ४ कर्मचारीमा कोरोना पुष्टि

काठमाण्डौ । भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाद्वारा संचालान गरिएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत ३ नर्स र १ जना पुरुष कर्मचारी गरि कुल ४ जनामा कोरोना संक्रमण रहेको भेटिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमण देखिएका पुरुष कर्मचारी भिड्भाड तथा पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी रहेको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालकै नर्स तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जानकारी अस्पतालले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *