मनमैजु हत्याकाण्डका मुक्य आरोपी पक्राउ :

काठमाडौँ । काठमाडौँको मनमैजुमा चक्कु प्रहार गरेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । दोलखा घर भइ बालाजुको सुकुम्बासी बस्तीमा बस्ने आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा शुक्रवार साँझ भएको मृतक र दोर्जे समूहको झडपमा दोर्जेले लक्ष्मणलाई खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर छुरा हानेको बताइएको छ । हत्यापछि मुख्य आरोपी फरार थिए भने प्रहरीले सोधपुछका लागी तीनजना युवलाई पक्राउ गरेको थियो ।

नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *