जुवा खेलिरहेका ८ जना पक्राउ

काठमाण्डौ ।  कैलालीमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । कैलालीको लम्की चुहानगरपालिका–१ स्थित बसपार्कमा रहेको दिपावली होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । उनीहरु यहि शुक्रबार ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीद्वारा ८१ हजार र तासको गड्डी नियन्त्रणमा लिईएका हुन् ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ का ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्षमण बुढाथोकी ,३३ वर्षीय जिवन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल र २० वर्षीय पबन थापा रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसैगरी नगरपालिका २ बस्ने ३३ वर्षीय प्रकाश शाही, ४ का ३३ वर्षीय पुरन बिक, र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *