बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु :

काठमाण्डौ । केहि दिन यता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । देशका विभिन्न स्थानमा १०० भन्दा बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुष रहेका छन् । उनलाई यहि साउन २९ गते ज्वरो तथा खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा ल्याइएको थियो भने आइसीयूमा राखेर उपचाररत रहेका उनको आज बिहान ८ बजे मृत्यु भएको कोरोना फोलक पर्सन डा. सुर्दशन थापाले बताएका छन् । मृत्यु अघि नै उनमा कोरोना पुष्टि भइसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *