७. ९ प्रतिशत ब्याजदरमै नविल बैंकले घर/जग्गा किन्न ऋण दिने :

काठमाण्डौ । नविल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर घर, जग्गा किन्न सस्तो ब्याजमा ऋण दिने नयाँ अफर ल्याएको छ। वार्षिक ७. ९९ प्रतिशत व्याजदरमै ग्राहकले नविल बैंकबाट घरजग्गा किन्नका लागि ऋण लिन पाउने छन् भने तोकिएको व्याजदर एक वर्षसम्म नबढ्ने बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले बताएकी छिन् ।
यसका साथै बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) ऋण पनि ७. ९९ प्रतिशतमा नै दिने भएको छ भने सो ब्याजदर पनि एक वर्षसम्म नबढ्ने बताइएको छ । उक्त ऋण लिनको लागी कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रवन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपी तथा तीन पुस्ते विवरण, बिजनेस प्लान, व्यसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र पेश गर्नुपर्ने हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
धितोका रुपमा भने कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र पनि आवश्यक रहेको छ भने यसका साथै व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने विवरण पनि चाहिने एसएमई तथा माइक्रोफाइनान्स प्रमुख निरज बस्नेतले बताएका छन् ।