रुसले अमेरिकालाई भ्याक्सिन सहयोग गर्ने खोज्दा अमेरिकाले फर्कायो यस्तो जवाफ….

काठमाडौं । गत मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना विरुद्धको पहिलो भ्या’क्सीन बनाएको दाबी गरेका थिए । यससँगै रुसले अमरिकालाई आफ्नो देशमा बनाइएको भ्या’क्सिन सहयोग गर्ने इच्छा व्यक्त गरेको छ भने अमेरिकाले रुसको प्रस्ताव अ’स्वीकार गरेको छ । अमेरिकाले रुसलाई विश्वास नगरेका कारण भ्याक्सिन स्वी’कार नगर्ने रुसका अधिकारीले बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी भ्याक्सिन भन्दा तेश्रो चरणको परीक्षणमा रहेको अमेरिकन भ्या’क्सिन नै उच्च कोटीको रहेको बताएका छन् ।परीक्षण पुरा हुन बाँकी रहेको भन्दै विज्ञहरुले समेत रुसको दावीमाथि आशंका गरेका छन् । डब्ल्यूएचओले समेत रुसी भ्याक्सीन एडभान्स स्टेजको टेस्टिङमा रहेको नौ भ्याक्सीनमा नरहेको बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
रुसी भ्याक्सिनबारे अमेरिकका केही कम्पनीहरुले समेत चासो देखाएको रुसले बताएको छ । यद्धपी कम्पनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।