अब कोरोना परीक्षणको नतिजा आधा घण्टामै

काठमाण्डौ । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोरोनाको परिक्षण गर्न सकिने द्रुत परिक्षण सेवा सुरु गरिएको छ । अस्पतालमा कुनै स्वाबमा कोरोना सङ्क्रमण भएको अवस्थामा ४५ मिनेट र नभएको अवस्थामा भने ३० मिनेटसम्मा नतिजा दिन सक्ने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिएका छन् ।

कोरोना संक्रमितको संख्या लगातार बढेसँगै पीसीआर परीक्षणलाई तीव्रता दिनका लागी नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ-२ परीक्षण सेवा सुरु गरिएको अस्पतालले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शुक्रबार उक्त मेसिनबाट प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफ्नो स्वाब परीक्षण गरी यस सेवाको शुभारम्भ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *