‘युवती विवाद’ मा चक्कु प्रहार, एकको मृत्यु

काठमाडौँ । काठमाडौँको मनमैजुमा २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ । नुवाकोट घर भएका लक्ष्मणलाई दोर्जे समूहले छुराले हानेर हत्या गरेका हुन् । मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे तामाङसहितका युवा–युवती चिया पिइरहेको बेला लक्ष्मण तामाङको समुह त्यहाँ पुगेको थियो भने त्यसपछि एकैछिनमा दुइ पक्षबिच विवाद भयो ।
विवादमा दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरेका हुन् । शुक्रवार साँझ भएको उक्त हत्या ‘युवती विवाद’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु बिच अघिल्लो दिन पनि सामान्य विवाद भएको खुलेको छ । मृतक र दोर्जे समूहको बिचमा ‘पुरानो प्रेमिका’ को बारेमा विवाद भएको हत्याबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उक्त झडप हुँदा दोर्जेले लक्ष्मणलाई खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर छुरा हानेको बताइएको छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न रहेका मुख्य आरोपी फरार छन् भने प्रहरीले सोधपुछका लागी तीनजना युवलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।