रुसी भ्याक्सीनबारे डब्ल्यूएचओको नयाँ खुलासा :

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार कोरोना विरुद्धको पहिलो भ्या’क्सीन बनाएको दाबी गरेका थिए । त्यति मात्रै नभई उनले आफ्नी छोरीले समेत उक्त भ्या’क्सीनको प्रयोग गरेको बताएका थिए । रुसको उक्त दाबी सँगै रुसलाई बधाई तथा अर्डरको ओहिरो आउन थाल्यो । रुसलाई अहिलेसम्म विभिन्न देशहरुबाट ५ अर्ब डोजको अर्डर आएको छ । यद्धपी रुसले बनाएको उक्त भ्याक्सीनबारे विश्वका केहि वैज्ञानिकहरु तथा डब्ल्यूएचओले समेत आशंका गरेको छ ।

रुसको उक्त भ्याक्सीनको ट्रायल सम्बन्धी पूर्ण विवरण आउन नसकेको कारण यो भ्याक्सीन कोरोना विरुद्धको भ्याक्सीन भएको बताउन नसकिने डब्ल्यूएचओले बताएको छ । यसैबीच डब्ल्यूएचओले रुसी भ्याक्सीन एडभान्स स्टेजको टेस्टिङमा रहेको नौ भ्याक्सीनमा नरहेको भन्दै अर्को नयाँ खुलासा गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार ब्रुस आयलवर्डले रुसी भ्याक्सीनको बारेमा पर्याप्त जानकारी नआएकोले यस विषयमा अहिले कुनै निर्णय लिन नसकिने बताएका छन् । रुसले भने अन्य देशहरु पनि भ्याक्सीनको प्रतिस्पर्द्धामा रहेकाले गर्दा रुसी भ्याक्सीनलाई स्विकार्न नसकेको प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *