कोरोनाका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो

काठमाण्डौ । केहि दिन यता नेपालमा कोरोना संक्रमित निकै बढिरहेका छन् बहने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि त्यस्तै बढेको छ ।  यस्तै विरगंजको नारायणी अस्थायी कोरोना अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विरगन्जका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे भने यस सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई गत सौं २४ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो भने विगत ७ दिनदेखि उनी नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत रहेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार अर्थात् हिजो साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *