कोरोनाको महामारी बढेसँगै काठमाडौं प्रशासनले यी कुरामा रोक लगायो

काठमाडौ । नेपालमा गरिएको लकडाउन १ सय २० पछी खुलेसँगै अहिले जताततै चहलपहल पनि बढ्न थालेको छ । यसका साथै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । उपत्यकामा पनि यसको प्रकोप कम छैन । हरेक दिन उपत्यकामा पनि संक्रमित निकै थपिएका छन् भने यससँगै काठमाडौं जिल्ला प्रशासन कार्यलयले थप कडाइ गर्दै एक दर्जनभन्दा बढि काम कारवाही तथा व्यवसाय गर्न निषेध गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
साउन ३० गते राति १२ बजेदेखि आउँदो भदौ १५ गतेसम्म लागू हुनेगरि यो नियम बनाइएको हो । शुक्रबार एक आदेश जारी गर्दै विभिन्न किसिमका कार्य तथा गतिविधिहरु निषेध गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । एक आदेश जारी गर्दै खुल्ला स्थानमा भेला गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव आदि गर्न निषेधित गरिएको जनाएका छन् सबै प्रकारका भेला, गोष्ठी, तालिम, सेमिनार, स्वीमिङ पुल, सैलून, ब्यूटी पार्लर, स्पा, सिनेमा हल, पार्टी प्यालेस, धार्मिक तथा चाडपर्वमा हुने जमघट जस्ता गतिविधिमा पनि पूर्ण प्रतिबन्ध लगाइएको बताएका छन् ।
यसका साथै आदेश पालना नगर्नेमाथि कडा कारवाही हुने समेत उनले बताएका छन्।