यी क्षत्रमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । देशको पश्चिम भूभागमा केही स्थानमा अब तीन दिनसम्म लगातार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तसर्थ ती क्षत्रका मानिसलाई सतर्क रहन पनि अनुरोध गरिएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेको अवस्थामा त्यसलाई भारी वर्षा मानिन्छ । विगत २४ घण्टामा बागमती, गण्डकी, प्रदेश ४ तथा कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ ।
यसका साथै बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशमा आज दिउँसो र राति समेत भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् । मौसम न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले गर्दा पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो भने पश्चिम क्षेत्रमा भने केहि समय आकाश खुले पनि एकैछिनमा पुन बादल लागेर वर्षा हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यस्तै बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका प्राय स्थानमा भारी वर्षा भएको छ भने अझै थप वर्षा हुने सम्भावना रहेको छ भने बाढी पूर्वानुमान महाशाखाले बबई जलाधार क्षेत्र आसपासको डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन पनि भनेको छ । साथै, गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ भने दरौदी र बुढीगण्डकी नदीहरुमा पनि जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहन सक्ने बताइएको छ ।