हरेक मनोकांक्षा पुरा गर्ने हलेसी महादेव..

काठमाण्डौ । नेपाल धार्मिक हिसाबले निकै धनी देश हो । हिन्दु धर्मावलम्बीहरु धेरै रहेको हाम्रो देश नेपालमा विभिन्न देवी देवताहरु पुजिंदै आएका छन् । नेपालमा धेरै नै मठ मन्दिरहर तथा धार्मिक स्थलहरु रहेका छन् । तीमध्य हलेसी मन्दिर पनि एक हो । हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो ।

यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दु* र्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । प्राकृतिक भू-बनोटबाट निर्माण भएको यो गुफाको संरचना विश्वमै निकै अनौठो मानिन्छ। हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्दछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।#

यस मन्दिरमा राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने गर्दछ । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *