आज रातिदेखि भदौ १५ गतेसम्म काठमाडौंमा यी कार्य गर्न नपाइने

काठमाडौ । नेपालमा गरिएको लकडाउन १ सय २० पछी खुलेसँगै अहिले जताततै चहलपहल पनि बढ्न थालेको छ ।  यसका साथै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । उपत्यकामा पनि यसको प्रकोप कम छैन ।  ह्गह्रेक दिन उपत्यकामा पनि संक्रमित निकै थपिएका छन् भने यससँगै काठमाडौं जिल्ला प्रशासन कार्यलयले एक दर्जनभन्दा बढि काम कारवाही तथा व्यवसाय गर्न निषेध गरेको छ ।

शुक्रबार एक आदेश जारी गर्दै विभिन्न किसिमका कार्य तथा गतिविधिहरु निषेध गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । सुचनामा खुल्ला स्थानहरुमा मानिस भेला हुन नपाइने तथा भीडभाड सभा, जुलुस तथा जात्रा महोत्सव सञ्चालन पनि गर्न नपाइने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै दैनिक नित्यपूजा बाहेक अन्य सम्पूर्ण धार्मिक गतिविधिमा पनि निषेध गरिएको छ र साथै स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगाय निषेध गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ । आज अर्थात् साउन ३० गते राति १२ बजेदेखि आउँदो भदौ १५ गतेसम्म लागू हुनेगरि यो नियम बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *