म्युसिक भिडियो खेलाउने प्रलोभन देखाई १५ वर्षीया किशोरीको बलात्कार

काठमाण्डौ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् भने उक्त बलात्कारको आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल काँडाघारी बस्दै आएका ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ । पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा ती किशोरीलाई बोलाई उनलाई म्युजिक भिडियोमा खेलाउने प्रलोभन देखाएर वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ भने राती सोही उनलाई रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको उनले बताए ।