लागू औषधसहित रौतहटमा ३ जना पक्राउ

काठमाण्डौ । चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले रौतहटमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । निषेधाज्ञा जारी गरिएको अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा पक्राउ परेको डिएसपी शाहीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताएका हुन् । पक्राउ परेका तीनैजना माथी लागु औषध ऐन अनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको छ ।