कोराना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा

काठमाडौं । कोरोनाबाट संक्रमणका कारण अस्पताल भर्न गराइएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई अहिले कोमामा राखिएको छ । उनलाई गत सोमबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा भर्ना गरिएको थियो भने त्यसपछि उनको ब्रेन सर्जरी समेत गरिएको थियो ।

नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई बिहीबार बिहान कोमामा राखिएको जानकारी दिएको हो । कोमामा राखिएको भएपनि उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *