धार्मिक स्थल मुक्तिनाथ मन्दिर जहाँ मोक्ष प्राप्त हुन्छ…

काठमाण्डौ । नेपाल धार्मिक हिसाबले निकै धनी देश हो । हिन्दु धर्मावलम्बीहरु धेरै रहेको हाम्रो देश नेपालमा विभिन्न देवी देवताहरु पुजिंदै आएका छन् । नेपालमा भएका विभिन्न मठ मन्दिर मध्य केहि यस्ता धार्मिक स्थल छन् जुन निकै मानिएका छन् । तिमध्य मुक्तिनाथ मन्दिर पनि एक हो मुक्तीनाथ मुस्ताङ जिल्लामा पर्दछ भने यो हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
३,७१० मिटरको उचाइमा र थोरोङला पास को सतहमा रहेको यस पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरु छन् भने यसको जल पवित्र हुन्छ भन्ने विश्वाश गरिन्छ। हिन्दु धार्मिक मान्यताको आधारमा मुक्तिनाथ यस्तो क्षेत्र हो, जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । यहाँ बडा दसैंं र चैत्र दसैंंमा निकै ठुलो मेला लाग्ने गर्दछ। मन्दिरको ठीक अगाडि दुई वटा पोखरी (कुन्ड) छन्, एकतर्फ धर्म कुन्ड र अर्कोतर्फ पाप कुन्ड छ।