उपत्यकामा आजसम्म कै उच्च संक्रमण पुष्टि

काठमाडौं । नेपालमा यति बेला कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढे संगसंगै केहि ठाउँमा लक् डाउन र अन्य ठाउँमा सट डाउनको अवस्था छ। यस संगै देशको राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज मात्र पनि काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा यसअघि एकैदिन १ सय ६ जना सम्म संक्रमित भेटिएका थिए भने आज १ सय १९ जना भेटिएसँगै यो एकै ठाउँमा एकै दिन संक्रमित भेटिएको अहिले सम्म कै उच्च हो।

अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *