४ कर्मचारीमा संक्रमण पुष्टि भएसँगै भैरहवा हवाई इन्धन डिपो सिल गरियो

काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टि भएसँगै अबको १५ दिनका लागि डिपो सिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको कोरोना परिक्षण गराईएको थियो भने त्यसमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरुमा ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएर बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराइएको थियो । एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको छ भने हाल संक्रमण पुष्टि भएका संक्रमितलाई भने अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *