आज यति धेरै संक्रमित बढेसँगै कुल संख्या २५ हजार नाघ्यो

काठमाण्डौ । नेपालमा केहि दिन यता दिनहुँ रुपमा सयौं सक्रमित थपिने क्रम जारी रहेको छ भने अहिलेसम्म नेपालमा संक्रमितको संख्या २५ हजार नाघिसकेको छ । संक्रमित बढ्ने क्रममा आज शुक्रबार पनि थप ५ सय ९४ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै अहिलेसम्म १७ हजार ७७ जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल ७ हजार ९ सय १३ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ । अझै पनि विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १४ हजार ६ सय ३८ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *