आज फेरी बढ्यो सुनको भाउ

काठमाडौं । आज साताको अन्तिम दिन सुनको भाउ थप बढेको छ । बिहीबार प्रति तोला ९७ हजार ८ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा आठ सय रुपैयाँले बढेर प्रति तोला  ९८ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । हिजो तेजावी सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसका साथै अघिल्लो चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ भने हिजो प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चांदी आज प्रतितोला  १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । रसियाले कोरोना विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीएका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृत नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *