लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ

काठमाडौँ ।  रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । उनलाई व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा शुक्रबार उनकै घरबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ । उनले उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर राखेको र जबरजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको भन्ने उजुरी परेपछि सोहि उजुरीका आधारमा उनलाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्राउ परेका खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् भने नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य समेत रहेका खड्कालाई गत वर्ष पार्टी नीति विपरीत काम गरेको भन्दै प्रदेश कमिटीले निलम्बन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *