नगरपालिकाले दिएको वडाअध्यक्षकै मोटरसाइकल चोरी

काठमाण्डौ । पश्चिम नवलपरासीमा वडा अध्यक्षको मोटरसाइकल चोरी भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढ्ने गरेको सेतो नम्बर प्लेटको मोटरसाइकल गए राति चोरी भएको हो । नगरपालिकाले वडा अध्यक्ष थारुलाई कार्यालय प्रयोजनको लागी दिएको उक्त मोटरसाइकल राति उनकै घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेतो प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ भने वडा अध्यक्ष थारुले लु १ ब १९२९ नम्बरको होण्डा साईन चलाउदै आएका थिए । चोरी भएको मोटरसाइकलको अहिले खोजी कार्य भइरहेको वडा अध्यक्ष थारुले जानकारी दिएका छन् । ‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत मोटरसाइकल भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको अध्यक्ष थारुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *