सरकारी निर्णय कार्यान्वयनमा थप कडाइ

काठमाण्डौ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बबात सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागी गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पछिल्लो समय लकडाउन खुलेसँगै कोरोना संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ । सर्वसाधारणको लापरवाहीका कारण समस्या थपिँदै गएको बताउंदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । गृह मन्त्रालयका अनुसार जारी गरिएको सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप हरेक सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *