कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु :

काठमाण्डौ । कालिकोटको महावै गाउँपालिका–६ मा पहिरोमा परि एक घर पुररिदा एकै परिवारका ६ जना सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा राज बहादुर विष्टका २ छोरी, २ छोरा तथा उनका दाजु डिलबहादुरका २ छोरी रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सो पहिरोमा परी मृत्यु हुनेमा १९ वर्षीय शान्ति विष्ट, १८ वर्षीय आशा विष्ट, १५ वर्षीय आशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविन विष्ट र १० वर्षीया रेखा विष्ट रहेका छन् । जिल्लाको महावै गाउँपालिका–३ नुकु गाउँका राज बहादुर विष्टको घर पहिरोले पुर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *