नर्समा संक्रमण देखिएसँगै आकस्मिक कक्ष सिल,..

काठमाण्डौ । भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेका एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालद्वारा एक सूचना जारी गर्दै अर्को जानकारी नगराइए सम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोरोना प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो र नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गर्दा कुल १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये १५ जनाको स्वाब भरतपुर अस्पतालबाट र एक जनाको पुरानो मेडिकल कलेजबाट लिइएको हो । सङ्क्रमण पुष्टि हुनेमा प्रहरीका थुनुवा, एक होटलका कर्मचारी, अस्पतालमा शल्यक्रिया गर्न तयारी गरिएका बिरामीलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *