प्रदेश नं ५ को समुदायमा बढ्दो कोरोना सङ्क्रमण

काठमाण्डौ । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा नै कोरोनाको सङ्क्रमण बढ्दै गएको देखिएको छ । सोहि क्रममा आज रुपन्देहीमा थप पाँच जना मानिसमा संक्रमण पुष्टि भएको छ । यससँगै रुपन्देहीमा सङ्क्रमितको कुल सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ जसमध्य १ जना महिला र ४ जना पुरुष रहेका छन् । उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *