आरती स्ट्रिप्सका ५१ मजदुरलाई कोरोना संक्रमण, दुई जना फरार

काठमाण्डौ । मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा बिहिबार २१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित कर्मचारी तथा कामदारको कुल संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै  मजदुरको संख्या ५१ पुगेको हो । बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमण पुष्टि भएकाहरु अधिकांश भारतीय नागरिक रहेको पनि उनले बताएका छन् भने संक्रमित कामदारलाई उद्योगभित्रै नै राखिएको छ । केही कर्मचारी भने होम आइसोलेसनमा रहेका छन् । यसका साथै दुई जना संक्रमित भने फरार रहेका छन् । फरार भएका कामदार विराटनगर प्रवेशद्वार नजिकै  डेरा भाडा लिएर बस्दै आएका थिए भने उनीहरु भारत गएको हुन सक्ने बुढीगंगा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष युवराज पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *