पहिरोले पुरिएका पुरुषको शव यस्तो अवस्थामा फेला..

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१२ मा पहिरोमा परेर बेपत्ता भएका ५४ बर्षिय काले मोक्तानको शव फेला परेको छ । बिहिबार बेलुका त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा पुरिएको उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
मृतक काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । थाहा नगरपालिकाको गैरीगाउँमा संचालित ढुंगाखानीमा जाने बाटोमा खसेको पहिरोले तिनवटा ट्रिपर र एउटा स्काभेटर समेत पुरेको छ । पहिरोका कारण त्रिभुवन राजथपमा सवारी अवागमनमा भने कुनै किसिमको असर नपर्ने एसपी राठौरले बताएका छन् ।