कोरोनालाई नाकमै रोक्ने यस्तो इन्हेलर

काठमाण्डौ । अमेरिकी वैज्ञानिकहरुले कोरोनाको रोकथामका लागी पीपीईभन्दा बढी सुरक्षित इन्हेलर बनाएका छन्। यस कुराको दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । ‘एरोन्याब्स’ नाम दिइएको उक्त इन्हेलरलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ भने यसमा रहेको विशेष प्रकारको न्यानोबडीले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शोधकर्ताका अनुसार खोप नबनेसम्म एरोन्याब्स भाइरसबाट बच्नका लागी यो सुरक्षित विकल्प हुनसक्छ । शोधकर्ताहरुले यस स्प्रेलाई आम मानिससम्म पुर्याउन उत्पादक कम्पनीसँग करार गर्दैछ भने अब चाँडै नै यसको मानिस माथिको परीक्षण समेत सुरु हुने विश्वास गरिएको छ । यस इन्हेलरले आशाअनुरुप शतप्रतिशत काम गरेको खण्डमा यो महामारीलाई रोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *