सिरहामा कोरोनाका कारण एक पुरुषको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण बिहिबार राती सिरहमा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउपालिका – १ गौरीपुरका ४० वर्षीय पुरुषमा ज्वरो, टाइफाईड र स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई कोसी अञ्चल अस्पताल विराटनगरमा लागिएको थियो भने उनको उपचारकै क्रममा मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वव परिक्षणलाई पठाईएको थियो भन्ने उनलाई आईसोलेशनमा राखेर उपचार गरिएको थियो । मृत्युपश्चात आएको उनको स्वावको रिपोर्टमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । मृतको शव सिरहा ल्याउने प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिएका छन् भने मृतकको सम्पर्कका आएका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *