आजको मौसम पूर्वानुमान, यी स्थानमा भारि वर्षा..

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज निकालेको बुलेटिनका नुसार मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले गर्दा अझै वर्षाको सम्भावना रहेको बताएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने आज दिउसो  देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा कर्णाली प्रदेशका केहि स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *