सिन्धुपाल्चोकको जुगलमा पहिरो झर्दा १० घर पुरिए..

काठमाडौं । सिन्धुपाल्चोको जुगल गाउँपालिका–२ लिदीमा सुख्खा पहिरो गएको छ । लिदीको लामा टोलमा पहिरो जाँदा त्यहाँ रहेका कुल २५ घरमध्ये ८ देखि १० वटा सम्म घर पुरिएको बागमती प्रदेशका डिआईजी बसन्तकुमार लामाले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण भने अझै आइसकेको छैन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिरो खसेर घर पुरिएको खबर आएपनि प्रहरी उक्त स्थानमा पुगिसकेको छैन । डिआईजी लामाले भने–‘ ‘पहिरो खसेको स्थानीयले खबर गरेका छन् र प्रहरी अहिले घटनास्थलतर्फ जाँदै छ ।’ कात्तिके र जलबिरेबाट प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ भने त्यहाँबाट पहिरो खसेको ठाउँमा पुग्न प्रहरीलाई करिब १ घण्टा लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *