सञ्जय दत्तलाई चौथो स्टेजको फोक्सोको क्यान्सर, यस्तो छ अवस्था …

काठमाण्डौ । पछिल्लो केही दिनयता बलिउड फिल्म अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्था नाजुक बनेको छ । भारतीय मिडियाको ताजा रिपोर्ट अनुसार ६१ वर्षीय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेको र यो चौथो स्टेजमा पुगइसकेको बताइएको छ । शनिबार रातीदेखि संजय दत्त भर्नारत रहेको लीलावती अस्पतालसँग जोडिएको स्रोतलाई उद्धृत गर्दै उक्त दाबी गरिएको हो ।

‘सञ्जय दत्तको फोक्सोमा तरल पदार्थ जम्मा भएको कारण उनलाई सास फेर्न समस्या भइरहेको थियो । डाक्टरले यो टिबी वा क्यान्सर हुनसक्ने अनुमान पहिले नै गरिसकेको भए पनी उक्त पदार्थलाई परीक्षणका लागि पठाइएको थियो । बुधबार उनको परिक्षणको रिपोर्ट आएको छ जसबाट उनको फोक्सोको क्यान्सर चौथो स्टेजमा पुगिसकेको बताइएको छ’, भारतीय सञ्चार माध्यम मुम्बई मिररले आफ्नो रिपोर्टमा लेखेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त रिपोर्टका अनुसार सञ्जय दत्तको उपचार गरिरहेका डाक्टर तथा सिनियर पल्मोनोलोजिस्ट डा. जलिल पारकरले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *