त्रिभुवन राजपथमा पहिरो खस्दा चार गाडी पुरिए, एक जना बेपत्ता

काठमाण्डौ । बिहिबार बेलुका त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । माथिबाट पहिरो खस्दा स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिएका छन् । साथै उक्त पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर तथा ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पुरिएका हुन् भने ती गाडीमा रहेका व्यक्ति गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका काले मोक्तान सम्पर्कविहीन भएपछि बेहोस भएकी उनकी पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पु¥याएर उपचार गरिएको जनाइएको छ ।

घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएर अहिले बिहान पुन घटनास्थलमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *