कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक

काठमाण्डौ । कोरोना महामारी बीच बाहिर फसेका धेरै नेपालीलाई सरकारले उदार गरेर नेपाल ल्याएको छ । यस्तैमा कतारबाट फसेका नेपालीहरुलाई नेपाल फर्काउने तयारी चलिरहेको छ भने यस्तैमा नेपाली राजदुतावास दोहाले ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची  सार्वजनिक गरेको छ । तिमध्य ५ हजार ७ सय ५७ जनाले व्यक्तिगत रुपमा फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन थप ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दूतावासले यहि २६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीहरुको नामावली प्रकाशित गरेको हो जस मध्य प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ । यसअघि पनि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो जस मार्फत अहिलेसम्म कुल ५ हजार नेपाली चार्टर उडान मार्फत स्वदेश फर्किसकेका छन् । त्यस्तै विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत उक्त उडानमार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *