अफगानिस्तानमा भएको बम विस्फोट :

काठमाण्डौ । अफगानिस्तानको कान्दाहार सहरमा बम विस्फोट भएको छ भने उक्त बिस्फोटनमा परि हुदा चार जना सर्वसाधारणको ज्यान गएको छ । यसका साथै ६ जना घाइते भएका छन् । सडकको किनारमा राखिएको बम बिहिबार अकस्मात विस्फोट हुदा बाटोमा हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो । उक्त बम सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ राखिएको बताइएको छ ।

अफगानिस्तानको टोलो न्युजका अनुसार कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो भने  सो बम अफगानिस्तानका तालिबानहरुले राखेको हुनसक्ने अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकाले बम पनि उनीहरुले नै राखेको भनेर अनुमान गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *