कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ९५ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष तथा मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने मानिसको कुल संख्या ९५ पुगेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमित बढ्ने क्रममा आज बिहिबार पनि थप ५ सय २५ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ भने नेपालमा अहिले कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । नेपालमा लकडाउन खुलेसँगै अहिले कोरोना संक्रमितको संख्या थप बढ्न थालेको हो । नेपालमा १ सय २० दिन पछी साउन ७ गतेदेखि देशव्यापी लकडाउन खोलिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *