आज फेरी बढ्यो सुनको मुल्य

काठमाण्डौ । केहि दिन यता निकै आकाशिएको सुनको भाउ बुधबार तोलामा अचानक ६ हजार २०० रुपैयाँ घटेको थियो भने आज फेरी बढेको छ । बुधबार प्रति तोला ९५ हजार ४ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा २ हजार ४ सय बढेर प्रति तोला ९७ हजार ८ सय  रुपैयाँमा कारोबार भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि तेजावी सुन पनि प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यस्तै गरि आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीमा प्रति तोला ८५ रुपैयाँ बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *